Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

हुम्लाको स्वास्थ्यचौकीमा ‘बेबी रेडियन्ट वार्मर’ मेसिन जडान

हुम्लाको स्वास्थ्यचौकीमा ‘बेबी रेडियन्ट वार्मर’ मेसिन जडान

  • सिमकोट । हिमाली जिल्ला हुम्लाको दुर्गम स्वास्थ्यचौकीमा स्थापना भएका प्रसूति गृहमा बेबी रेडियन्ट वार्मर मेसिन जडान गरिएको छ ।  सिमकोट गाउँपालिका–७ मा रहेको डाँडाफया स्वास्थ्यचौकीमा सो मेसिन जडान गरिएको छ । स्वास्थ्यचौकीमा स्थापना भएका प्रसूति गृहमा चिसो अत्यधिक हुने हुम्लामा जन्मने नवजात शिशुको तापक्रम व्यवस्थापन गर्न मङ्लबार सो मेसिन जडान गरिएको स्वास्थ्यचौकीका इन्चार्ज सन्तोष बोहराले जानकारी दिनुभयो । 
     
    जिल्ला अस्पतालपछि पहिलो पटक चारवटा बर्थिङ सेन्टरमा यो मेसिन जडान शुरु गरिएको हो । तीन वडाका स्वास्थ्यचौकीमा जडान काय भएको छ भने वडा ८ मा बाँकी छ ।  मेसिन जडानसँगै अब नवजात शिशुको तापक्रम व्यव्यवस्थापन गर्न सहज हुने भएको गाउँपालिका स्वास्थ्य संयोजक दानबहादुर बोहराले बताउनुभयो । यसभन्दा अघि सिमकोट वडा दुई ठेहे, वडा तीन बरगाउँ, स्वास्थ्यचौकीका बर्थिङ् सेन्टरमा यो मेसिन जडान गरिएको संयोजक बोहराले जानकारी दिनुभयो । 
     
    यी मेसिन जडानपछि प्रसूति गृहमा जन्मने नवजात शिशुलाई शिताङ हुनबाट बचाउने, न्यानो राख्ने, कम जन्म तौल भएका बच्चालाई अन्य जटिलताबाट बचाउन सहयोग पुग्ने छ । यसबाट नवजात शिशुको मृत्युदरमा कमी आउने विश्वास गाउँपालिकाले लिएको छ । यसका लागि गाउँपालिकाले आफ्नै स्रोतबाट खरीद तथा ढुवानीमा रु १२ लाख खर्चेको छ । गाउँपालिकाले मेसिन मङ्गलबार जडान गरेपछि पहिलो पटक स्वास्थ्यचौकीमा जन्मिएका बच्चालाई यो मेसिनमा राखिएको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij