
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । साउथ एसिया रिजन फाइनान्सियल इन्क्लुजन इनिसियटिभ (सार्फी) को अध्यक्ष नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बनेका छन् ।
नेपाल राष्ट्र बैंकको नेतृत्व गर्ने गभर्नर अधिकारीले सार्फीको अध्यक्षता गरेका हुन् । सो अवसरमा गभर्नर अधिकारी भर्चुअल माध्यमबाट सहभागी भई बैठकको अध्यक्षता गरेका थिए ।
बैठकले स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) लाई सार्फीको उपाध्यक्ष चयन गरेको छ । यसअघि सार्फीको नेतृत्व माल्दीभ्स मनिटरी अथोरिटीमा थियो भने राष्ट्र बैंककतर्पmबाट गभर्नर अधिकारी उक्त सञ्जालको उपाध्यक्ष थिए ।
क्षेत्रीयस्तरमा ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि र संयुक्त सिकाइ अभ्यास, प्राविधिक सहायताको कार्यान्वयन, विश्वव्यापी र क्षेत्रीयस्तरका असल अभ्यासको अनुसरण गर्दै सबै वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्ने लगायतका उद्देश्यसहित सार्फी स्थापना गरिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij