Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

करेन्ट लागेर सोलुखुम्बुमा विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु, ३ जना घाइते

करेन्ट लागेर सोलुखुम्बुमा विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु, ३ जना घाइते

  • काठमाडौं । सोलुखुम्बुको सल्लेरीमा करेन्ट लागेर एकजना विद्युतका कर्मचारीको मृत्यु भएको छ । सल्लेरी च्याल्सा विद्युत कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राईको मृत्यु भएको हो ।

    onlinepatrika
    Arghakhachi

    कार्यालयका प्रमुख डीआईजी चन्द्रकुबेर खापुङका अनुसार शनिबार दिउँसो विद्युतका तार आसपासका रुख काटछाट गर्ने क्रममा करेन्ट लागेर घाइते भएका राईको उपचारको क्रममा जिल्ला अस्पताल फाप्लुमा मृत्यु भएको हो। 

    AGNI GROUP

    करेन्ट लागेर ३ जना घाइते भएका प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। सोही घटनामा परी घाइते भएका विद्युत कम्पनीका प्राविधिक सहयोगी पदमा कार्यरत्त सोलुदुधकुण्ड नगरपालिका–६ का ३० वर्षीय वुद्धि राजभण्डारी, कम्पनीमा ज्यालादारीको रुपमा कार्यरत सोही ठेगानाका ३४ वर्षीय टसी शेर्पा र ५१ वर्षीय कुमार बस्नेतको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको कम्पनीका वित्तीय अधिकृत मेमकुमारी मास्केले जानकारी दिइन्।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij