Logo

Apr 26 2025 | २०८२, वैशाख १३ गते

Apr 26 2025 | २०८२, वैशाख १३ गते

महानगरको कार्यक्रम, पिउने पानीभित्र किरा !

महानगरको कार्यक्रम, पिउने पानीभित्र किरा !

  • काठमाडौं । काठमाडौंको अनामनगरमा रहेको किम्चि फास्टफुडमा मिनरल वाटरको बोतलभित्र किरा भेटिएको छ ।

    images
    images
    images

    काठमाडौं महानगरको कानून तथा मानव अधिकार विभागले किम्चि फास्टफुडमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमका सहभागीले पानी खान खोज्दा मिनरल वाटरको बोटलभित्र किरा भेटिएको हो । उक्त मिनरल वाटरको बोतलमा किम्चि फास्टफुड लेबल टाँसिएको छ ।

    महानगरकै कार्यक्रममा राखिएको मिनरल वाटरको बोतलमा किरा भेटिएपछि महानगरको खाद्य प्राविधिक सहित नगर प्रहरीलाई बोलाइएको थियो । महानगरको टोलीले उक्त बोतल सिल गरि महानगर लगेको छ ।

    महानगरका खाद्य प्राविधिक अशोक पराजुलीले मिनरल वाटरको बोतलभित्र लार्भा जस्तो देखिने किरा भेटिएको पुष्टि भएको बताए ।

    उनले उक्त बोतल महानगरमा लगेर परिक्षण गर्ने र किम्चि फास्टफुड संचालकलाई स्पष्टीकरण सोधि आवश्यक कारबाही हुने बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij