
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर। महालक्ष्मी नगरपालिकाका लुभुमा डेरा गरी बस्ने ३२ वर्षका सागर पोखरेल र उनकी श्रीमती २२ वर्षीया निर्मला पोखरेल मृत फेला परेका हुन्। बाबा आमाले पटक–पटक फोन गर्दा समेत नउठेपछि कोठामा आएर हेर्दा छोराबुहारी मृत फेला परेको बयान उनीहरुले दिएको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी प्रजवल महर्जनले जानकारी दिए।
उनीहरु रहेको कोठामा सेल्फास नामक विषादी फेला परेको र दुवैजनाले बान्दा समेत गरेको हुँदा विष सेवनबाट मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij