
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं। ललितपुरको गोदावरीमा बालआश्रम र भक्तपुरको ताथलीमा बृद्धाश्रम निर्माणका लागि पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा आगामी साउन १ गतेदेखि हुने बृहत कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा वृहत् साइकल ¥याली आयोजना गरिदै छ ।
कोटिहोम महायज्ञको प्रचारप्रसारका लागि बृहत् साइकल ¥याली आयोजना गरिएको छ । साइकल ¥याली पशुपति नाथ मन्दिर परिसरदेखि, चाबहिल हुँदै चक्रपथ परिक्रमा गरिएको मानव सेवा फाउन्डेसनका मिडिया पर्सन अनुज पछाईले जानकारी दिए।
¥यालीमा दुई सय ७६ वटा साइकल रहेका पछाईले जानकारी दिए । मानव सेवा फाउन्डेसनलगायत झण्डै एक दर्जन सङ्घ–संस्थाको आयोजनामा एक महिनासम्म चल्ने महायज्ञको तयारी अन्तिम चरणमा पुगेको पछाईले बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij