
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बेचन झा र प्रतिक थापालाई पक्राउ गरेका कारण वर्तमान सरकार ढालिएको बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले फाइल खुलेको २४ घण्टामा सरकार ढालिएको बताएका हुन् । उनले केही नियुक्ति, बेचन झा र प्रतिक थापाको पक्राउ बाहेक सरकार ढल्नुको अर्को कुनै कारण नभएको दाबी गरे ।
उनले भने, ‘फाइल खुलेको २४ घण्टामा सरकार ढाल्नुभयो । कसरी खोल्ने फाइल? सरकार के कारणले ढल्यो? हाम्रो सहमती के भयो भनेर तपाईहरुले सदनलाई ढाँट्नुभयो ।
यो देशको बच्चा बच्चालाई थाहा छ सरकार किन ढल्यो? यो देशको बच्चा बच्चालाई थाहा छ कसका कारणले सरकार ढल्यो? स्पष्ट छ । केही नियुक्ति र बेचन झा, प्रतिक थापाको पक्राउ बाहेक यो सरकार ढलेको अर्को कुनै कारण जनतालाई थाहा छैन ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij