Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्दाहेर्दैमा

गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्दाहेर्दैमा

  • काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।

    images
    images
    images

    शुक्रबार उक्त रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको थियो । सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

    सहकारी ठगी प्रकरणमा लामिछानेको संलग्नता देखिने गरी जाहेरीसमेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए ।

    रिटमा गृहमन्त्री लामिछाने पदमै रहँदा अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकूल असर पार्नसक्ने दाबी गर्दै उनलाई पदबाट निलम्बन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का नाममा अन्तरिम आदेशको माग गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij