
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज पनि शुरु भएको छ ।
आइतवार (हिजो) बाट संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाई निरन्तर हुने भनिएसँगै मुद्दाको सुनुवाई सोमवार पनि शुरु भएको हो ।
आइतवार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ भएकोको थियो । वकिलहरुले बहस गर्ने क्रम जारी रहेको भन्दै लगातार सुनुवाइ हुने गरी हेर्दाहेर्दैमा राखेका थिए ।
हिजो रिट निवेदनकर्ताको तर्फबाट अधिवक्ताहरु डा. भीमार्जुन आचार्य, बद्रीराज भट्ट, सुनील पोखरेललगायतले बहस गरेका थिए ।
बहसका क्रममा वरिष्ठ अधिवक्ता आचार्यले नेपालको संविधान २०७२ अनुसार प्रधानमन्त्रीले संसद विघटन गर्ने अधिकार नभएको जिकिर गरेका थिए ।
साथै अधिवक्ता आचार्यले प्रधानमन्त्रीले दुई अवस्थामा बाहेक प्रधानमन्त्रीमा संसद विघटनको अधिकार नभएको स्पष्ट पारेका थिए। संविधान अनुसार सरकार गठन हुन सक्ने अवस्था नभएमा र पहिलो प्रतिनिधि सभाको कार्यकाल पाँच वर्ष पूरा भएको अवस्थामा मात्रै प्रधानमन्त्रीले संसद विघटन गर्न सक्ने आचार्यले बताएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij