
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ ।सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले देवकोटालाई पदबाट नहटाउन आदेश दिएको हो ।
नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट निर्वाचित सांसद देवकोटाले पछिल्लोपटक नेपाली कांग्रेसबाट मुख्यमन्त्री निर्वाचित सुरेन्द्रराज पाण्डेलाई समर्थन गरेका थिए । त्यसपछि देवकोटालाई माओवादी संसदीय दलले कारबाही गरेको थियो ।
उक्त कारबाही बदरको माग गर्दै देवकोटाले गत असार ६ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा सुनुवाइ गर्दै अदालतले उनलाई पदबाट नहटाउन अन्तरिम आदेश दिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij