
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । ललितपुर महानगरपालिकासँगको सहकार्यमा नेपालस्थित भारतीय राजदूतावासले विश्व वातावरण दिवस मनाएको छ । बृहत् वृक्षारोपण कार्यक्रमको आयोजना गर्दै १५० बिरुवा रोपेर दूतावासले विश्व वातावरण दिवस मनाएको हो ।
ललितपुरको वार्ड नं १ स्थित सङ्कटा पुल, चारधाम मन्दिर परिसर नजिकै आयोजना गरिएको यस कार्यक्रममा वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडी, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी थिए ।
कार्यक्रममा कैयौं राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी र वातावरण प्रेमीको सहभागिता रहेको थियो । कार्यक्रममा वातावरणको संरक्षण र जर्गेना हेतु साझा प्रतिबद्धतामा विशेष जोड दिइएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij