Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

गृहमन्त्री र महान्यायाधिवक्ता पोखरेलविरुद्धको रिटमा कारण देखाउ आदेश

गृहमन्त्री र महान्यायाधिवक्ता पोखरेलविरुद्धको रिटमा कारण देखाउ आदेश

  • काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेलविरुद्धको रिटमा कारण देखाउ आदेश जारी भएको छ ।

    images
    images
    images

    आइतबार न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले कारण देखाऊ आदेशसँगै दुवैलाई छलफलका लागि बोलाएको छ । सर्वोच्चले सो मुद्दालाई अग्राधिकार प्रदान गर्दै इजलासबाटै सुनुवाइको मिति पनि तोकेको छ ।

    सहकारी ठगी प्रकरणमा लामिछाने संलग्न नरहेको भनी महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र गैरकानुनी रहेको भन्दै दुवैजनालाई कारबाहीको मागसहित अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए ।

    सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने विषयमा दुवै पक्षबिच छलफल हुनुपर्ने र यो विवाद तत्काल निष्कर्षमा पुग्नुपर्ने भन्दै जेठ २८ गतेका लागि पेसी तोकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij