
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति सम्पन्न फाइनल खेलमा रियल म्याड्रिडले बोरुसिया डोर्टमण्डलाई २-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको हो ।
पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा रियल म्याड्रिडले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियो । रियल म्याड्रिडको जितमा डानी कारभाजल र भिनिसियस जुनियरले एक एक गोल गरेका थिए । कारभाजलले खेलको ७४औं र भिनिसियसले ८३औं मिनेटमा गोल गरेका थिए ।
योसहित रियल म्याड्रिडले १५औं पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । रियल म्याड्रिडले पछिल्लो पटक २०२२ मा च्याम्पियन्स लिग जितेको थियो ।
१८ पटक च्याम्पियन्स लिगको फाइनल खेलेको रियल म्याड्रिड फाइनलमा पुगेर तीन पटक मात्र उपविजेता बनेको छ । सन् १९६२, १९६४ र १९८१ मा रियल म्याड्रिड फाइनलमा पुगेर हारेको थियो । त्यस यता फाइनलमा पुगेर रियल म्याड्रिड अहिलेसम्म पराजित भएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij