
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार भने तोलामा सामान्य घटेर १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा १ लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij