
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट जनतामा आशाको सञ्चार गराउने किसिमको भएको बताएका छन् ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले भूमिसुधार, कृषि क्रान्ति, सहकारीकरण, औद्योगिकीकरण, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा प्राथमिकतासहित आएको बताए । 'सरकारको नीति तथा कार्यक्रम र बजेटले गरिबी उन्मूलन, रोजगारी सिर्जना र युवाको विदेश बहिर्गमन रोक्ने कार्यक्रम ल्याएको छ । यसमा केही नवीनता छ । बजेटले सकारात्मक एवं आशा सञ्चार गरेको छ,' उनले भने ।
सम्मानित नेता खनालले आफूहरू राजनीतिक स्थिरता र समृद्धिका पक्षमा रहेको बताए । उनले बजेटमा भएका राम्रा कार्यक्रमको कार्यान्वयन पक्षको सफलतामा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij