
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । सरकारको बजेटबाटै सरकारी पीडितको समस्या समाधान गर्ने योजना ल्याएको छ । व्यक्तिको सम्पत्ति धितोको सुरक्षणमा पाँच लाखसम्मको बचत रकम फिर्ता गर्नेसम्मको व्यवस्था मिलाउन सहकारीले धितो राख्ने नियम ल्याउने भएको हो ।
मंगलबार संयुक्त संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले भने, ‘‘बचत तथा ऋण सहकारी संस्थाको नियम अनुसार नियमन गर्न नियामक स्थापना गरिने छ । बचत तथा ऋण सहकारी संस्थालाई एक आपसमा गाभिन सकिने गरिने छ ।
बचत तथा ऋण सहकारी संस्थामा देखिएका समस्या समाधानका लागि समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरका सदस्यको नाममा रहेका व्यक्तिको सम्पत्ति धितोको सुरक्षणमा रु पाँच लाखसम्मको बचत रकम फिर्ता गर्नेसम्मको व्यवस्था मिलाइने छ ।’’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij