
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । कैलालीमा २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेको छ । २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरीगंगा नगरपालिका(२ उदासी टोल बस्ने ३० वर्षीय कमल नेपालीलाई शनिवार राति प्रहरीले पक्राउ गरेको हो ।
ती महिलालाई घर पछाडि खेतमा बोलाई जबरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले कमललाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij