
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको अन्तिम तयारीमा रहेको नेपालले सोमबार पहिलो औपचारिक अभ्यास खेल खेल्दैछ । हाल अमेरिकामा रहेको नेपाली टोलीले पहिलो अभ्यास खेल क्यानडासँग खेल्न लागेको हो ।
औपचारिक रूपमा विश्वकप सुरु हुनुअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सहभागी राष्ट्रहरूले दुई–दुईवटा अभ्यास खेल खेल्ने व्यवस्था मिलाएको छ । नेपाल र क्यानडाबिचको अभ्यास खेल डालासमा खेलिने छ । खेल राति ९ः१५ बजे सुरु हुनेछ ।
टी–२० विश्वकपका लागि घोषित नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिस जीसी, सन्दीप जोरा, अविनाष बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij