
Apr 27 2025 | २०८२, वैशाख १४ गते
काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएलको फाइनलमा आज कोलकाता नाइट राईडर्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ।
चेन्नइको चेपौकस्थित एमए चिदम्बरम स्टेडियममा राति पौने ८ बजे कोलकाता र हैदाराबाद आमने सामने हुनेछन् । करिब २ महिनाअगाडि सुरु भएको आईपीएलमा बलिया प्रतिस्पर्धीलाई पछि पार्दै दुवै टोलीले फाइनलमा स्थान बनाएका हुन् ।
सन् २०२१ मा हैदरावाद आईपीएलको अन्तिम स्थानमा रहेको थियो । सन् २०२२ मा आठौं भयो। सन् २०२३ पनि अन्तिम स्थानमा रह्यो। पछिल्ला २ सिजनमा कोलकाता भने सातौं स्थानमा थियो ।
हैदरावाद र कोलकाताको प्रतिस्पर्धा प्रतियोगिता सुरु हुनुअगावै सुरु भएको थियो । अक्सनमा नै खेलाडी किन्न दुवै टोलीले कीर्तिमानी रकम खर्च गरेका थिए ।
अष्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्कलाई कोलकाता नाइट राइर्डसले २४ करोड ७५ लाख भारतीय रुपैयाँमा आबद्ध गरेको थियो । यससँगै स्टार्क आईपीएल इतिहासकै सबैभन्दा महंगो खेलाडी बन्न पुगे ।
हैदारावादले पनि अष्ट्रेलियालाई एकदिवसीय उपाधि जिताउने कप्तान प्याट कमिन्सलाई २० करोड ५९ लाखमा टोलीमा आबद्ध गरेको थियो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij