Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

पशुपतिमा बाजा बजाउने कर्मचारी प्रयोग गरेर दैनिक २० हजारसम्म चोरी

पशुपतिमा बाजा बजाउने कर्मचारी प्रयोग गरेर दैनिक २० हजारसम्म चोरी

  • काठमाडौँ । पशुपतिनाथ मन्दिरको भेटी चोरेको आरोपमा पक्राउ परेका  ५ जनामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरी वृत्त गौशालाको हिरासतमा रहेका पशुपति क्षेत्र विकाश कोषका ५ जना कर्मचारीमाथि प्रहरीले अनुसन्धान गरिरहेको हो । 

    images
    images
    images

    प्रहरीका अनुसार पक्राउ परेकामध्ये ३६ वर्षीय नवराज घिमिरे र ५१ वर्षीय नवराज ढोडारी पशुपतिको मन्दिरमा चढाएको भेटी गन्ने जिम्मेवारी लिएका कर्मचारी हुन् । यस्तै २९ वर्षीय सञ्जय कपाली, ३५ वर्षीय कुमार दमाई परियार र ३४ वर्षीय अनिल परियार चाहिँ बाजा बजाउने कर्मचारी हुन् । पशुपतिको नित्य पूजा गर्नेबेला कपालीले नेवारी संस्कृति अनुसारको बाजा र परियारद्वयले सनाई बजाउँछन् । 

    तर, उनीहरूलाई पछिल्लो समय भेटी गन्नेहरूले सहयोगी बनाएको भेटिएको छ । भेटी गन्ने मुख्य जिम्मेवारीमा रहेका घिमिरे र ढोडारीसँगै उनीहरू पनि गणना गर्ने ठाउँमा जान्थे । सो कोठामा प्रवेश गर्दा र फर्किँदा सशस्त्र र नेपाल प्रहरीले सुरक्षा जाँच गर्छ । तर, उनीहरूले भित्रबाट ज्याकेटको बाहुलामा लुकाएर रकम ल्याउने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij