Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

तराईमा हुस्सु तथा कुहिरो

तराईमा हुस्सु तथा कुहिरो

  • काठमाडौँ । अहिले प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ भने तराईमा हुस्सु तथा कुहिरो लागेको छ । देशको उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images
    images

    यस्तै, आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने आज राती देशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। अहिले सामान्य बदली रहेको काठमाडौँ उपत्यकामा दिउँसो घाम लाग्ने मौसमविदहरुले बताएका छन् ।

    यसैबीच आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियस हुने अनुमान गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij