Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

अब सबै सरकारी कागजात‘नागरिक एप’ मा

अब सबै सरकारी कागजात‘नागरिक एप’ मा

  • काठमाडौं । सरकारले सबै सरकारी कागजात र सबै खाले सेवा मोबाइल एपमार्फत दिने र आफ्ना सबै विवरण हेर्न मिल्ने गरी नागरिक एप सञ्चालनमा ल्याएको छ । परीक्षणका रूपमा शुरू गरिएको यो एपमार्फत प्यान कार्ड लिन मिल्ने बताइएको छ । यसलगायत सरकारलाई आफूले तिरेको कर, नागरिक लगानी कोष, सञ्चय कोष र सामाजिक सुरक्षा कोषको विवरण हेर्न सकिने तथा नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र तथा मतदाता परिचयपत्र एपमै डिजिटल रूपमा राखिएको हुँदा सरकारी कागजातहरू बोक्न पर्ने झन्झट हटेको सरकारले बताएको छ ।

    images
    images
    images

    शुक्रवार कामचलाउ सरकारका सञ्चार तथा सूचनामन्त्री पार्वत गुरुङले यो एप सार्वजनिक गर्दै सबै सरकारी सेवा डिजिटल प्लेटफर्ममार्पmत दिने तयारी गरिएको हुँदा यो एप सहज र सुरक्षित भएको बताए । हाल परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको यो एपलाई २०७७ भित्रै पूर्णता दिइने उनले बताए । उनका अनुसार एपमा मालपोत, भूमिसुधार, सवारी कर, चालक अनुमतिपत्रलगायत सुविधा पनि थप्दै लगिने छन् ।

    नागरिक सेवा भौतिक रूपमा नभएर डिजिटल प्लेटफर्ममार्फत छिटोछरितो, सहज र सुलभ बनाउन एप सार्वजनिक गरिएको उनले बताए । उनका अनुसार उक्त एपमा गृह मन्त्रालयसँग रहेको २ करोड १५ लाख नागरिकको विवरण र निर्वाचनको आयोगमा रहेको १ करोड ५५ लाख नागरिकको औंठाछाप, फोटो र व्यक्तिगत विवरण राखिएको छ ।

    एन्ड्रोइड फोनबाट नागरिक एप डाउनलोड गरी आफ्नो खाता शुरू गर्न सकिने मन्त्रालयले बताएको छ । नागरिक एप शुरू भएपछि एप हेर्न नसकिएको गुनासो पनि सेवाग्राहीहरूले गरिरहेका छन् । अलगअलग सरकारी कार्यालयमा नाम लेख्दा हिज्जेहरू फररक भएकाले एपभित्र छिर्न नसकिएको हुन सक्ने उनीहरूको भनाइ छ । सरकारले भनेअनुसार नाम प्रविष्ट गर्दा पनि आफ्नो विवरण नदेखाएको उनीहरूको गुनासो छ । यद्यपि, एपमा कुनै समस्या नभएको र सुरक्षाका लागि आप्mनै नाममा दर्ता भएको नेपाल टेलिकमको मोबाइल नम्बरबाट मात्र यो सुविधा लिन सकिने मन्त्रालयका सहसचिव डिल्लीराम शर्माले बताए ।

    आप्mनो नाममा दर्ता भएको मोबाइल नम्बरबाट नागरिक एपमा लगइन गरेर नागरिकता, मतदाता परिचयपत्र वा राहदानीमध्ये एक विकल्प छनोट गरेर विवरण भरेपछि उक्त सुविधा लिन सकिने उनको भनाइ छ । ‘सुरक्षाका लागि आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बरमा एकपटक प्रयोग गर्न मिल्ने गरी ओटीपी प्रमाणीकरण कोर्ड पठाएर एप लगइन गर्न सकिने भएकाले यो एप सुरक्षित पनि छ,’ उनले भने ।आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij