Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

भीएस निकेतन र टिम रावतलाई बास्केटबलको उपाधि

भीएस निकेतन र टिम रावतलाई बास्केटबलको उपाधि

  • काठमाडौँ । प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि भीएस निकेतन र टिम रावतले जितेका छन् । भीएस निकेतन गल्र्सतर्फ तथा टिम रावत ब्वाइजतर्फ च्याम्पियन बनेको हो । 

    images
    images
    images

    सूर्योदय एजुकेसन फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको ब्वाइजतर्फको फाइनलमा टिम रावतले साइपाल एकेडेमीलाई २०–१६ अङ्कले पराजित ग¥यो । सो स्पर्धामा भीएस निकेतन क्याम्पियनलाई १९–१२ अङ्कले हराउँदै तेश्रो भयो । पहिलो हुनेले रु २० हजार, दोश्रोले रु १० हजार र तेश्रोले रु पाँच हजार पुरस्कार प्राप्त ग¥यो । 

    यस्तै गल्र्सतर्फको उपाधि जितेको भीएस निकेतनले सूर्योदय ‘बी’लाई १९–१४ अङ्कले हरायो । साइपाल ‘बी’ तेश्रो बन्यो । साइपाल ‘बी’ले सूर्योदय ‘ए’लाई १४–१० अङ्कले पराजित गरेको थियो । शीर्ष तीन स्थानमा रहनेले क्रमशः रु १५ हजार, रु आठ हजार र रु चार हजार पुरस्कार प्राप्त गरे । 

    ब्वाइजतर्फ टिम रावतका सम्राट भूमि तथा गल्र्सतर्फ भीएसकी अनिता सुनुवार ‘मोस्ट भयालुएबल प्लेयर’ घोषित हुनुभयो । ब्वाइजतर्फ भीएसका राजीव आले तथा गल्र्सतर्फ  सूर्योदय ‘ए’की सम्झना शाही सर्वाधिक स्कोरकर्ता बन्नुभयो । उहाँहरुले जनही रु दुई हजार पुरस्कार प्राप्त गर्नुभयो । विजेतालाई राष्ट्रिय पुरुष बास्केटबल टोलीका कप्तान सदीश प्रधान, राष्ट्रिय महिला बास्केटबल टोलीकी उपकप्तान प्रीति तुलाचन, आयोजक फाउन्डेसनका अध्यक्ष लक्ष्यबहादुर केसी, टाइटल स्पन्सर प्यासिफिक होस्पिटालिटी कुलिनरी एकेडेमी ९पीएचसीए०का प्रबन्ध निर्देशक सुशिल थापालगायतले पुरस्कार वितरण गर्नुभयो । 

    सो अवसरमा आयोजक सूर्योदयले सदीश र प्रीतिलाई नगदसहित सम्मान गरेको थियो । अध्यक्ष केसी र प्रबन्ध निर्देशक थापाले दुवैलाई जनही रु १० हजारसहित सम्मान गर्नुभएको हो । गत वर्ष नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद ९साग०मा बास्केटबलमा नेपालले पुरुषमा कास्य तथा महिलामा रजत पदक प्राप्त गरेको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij