
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । जसपा नेपाल छोडेका अशोक राईसहित ७ सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदा मतदानको प्रक्रियामा र अन्य संसदीय गतिविधिमा पनि रोक लगाउन माग गर्दै उपेन्द्र यादवले दायर गरेको रिटमाथि आज सुनुवाई हुँदैछ ।
उपेन्द्रले दायर गरेको रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ । उपेन्द्रले आइतबार रिट हालेका थिए ।
उपेन्द्रले जेठ ८ गते सर्वोच्चले जसपा विभाजन बारे दायर गरिएको रिटको अन्तिम सुनुवाई हुने र त्यति बेलासम्म सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिदै जसपा विभाजन यथास्थितिमा राख्न आदेश दिएको उल्लेख गर्दै रिट दायर गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij