
Apr 18 2025 | २०८२, वैशाख ५ गते
नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका सुरोज महर्जन र पविन लिनथेपको जोडी योनेक्स सनराईज १० औ पुष्पलाल स्मृती राष्ट्रिय ¥यङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलमा फाईनल प्रवेश गरेका छन् । क्वाटरफाईनलमा एपिएफका दीपेश धामी र बिजित थापामगरको जोडीलाई पराजित गर्दै सनसनी मचाएको महर्जनको जोडीले सेमिफाईनलमा सेनाकै प्रफुल महर्जन र रुकेश महर्जनको जोडीमाथी जित निकाल्दै उपाधी निकट पुगेको हो ।
सुरोज र लिनथेपको जोडीले १८।२१, २१।१५, २१।१३ को जित निकालेको हो । अव महर्जनको जोडीले सेनाकै नविन श्रेष्ठ र रत्नजित तामाडको जोडी संग प्रतिस्पर्धा गर्नेछ । रत्न र नविनको जोडीले बाँकेका ईरफान अन्सारी र धादिङ्गका सुदीप सेंढाईको जोडीमाथी २१।१०, २१।१६ को जित निकालेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij