
Apr 21 2025 | २०८२, वैशाख ८ गते
खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ स–छितापोखरीका ५२ वर्षीय कृष्ण खत्री हप्तामा दुई पटक मिर्गौलाको डायलासीस गराउनुहुन्छ । वीरेन्द्र सैनिक अस्पताल काठमाडौँमा चार वर्षअघि ९विसं २०७३ असार० भर्ना भएर डायलासीस गराइरहनुभएका खत्रीको दुवै मिर्गौला काम नलाग्ने भएको छ ।
कमजोर आर्थिक अवस्थाका खत्री त्यतिबेला ओछ्यानमा बिरामी पर्नुभएको थियो । दिनभर घरको काम गरेर बेलुका खाना खाएपछि सन्चै सुत्नुभएका खत्री बिहान उठ्दा शरीर सुनिनुका साथै हातखट्टा नचल्ने अवस्थामा बिउँझनुभएको उहाँकी श्रीमती कुमारी खत्रीले बताउनुभयो ।
बिरामी भएपछि शुरुमा करीब डेढ वर्ष आफ्नै खर्चमा डायलासीससहित सम्पूर्ण उपचार गराउनुभएका खत्रीले अहिले निःशुल्क डायलासीस गराउँदै आउनुभएको छ । औषधि, खाना तथा कोठा भाडाको रकम तीर्दै आउनुभएका खत्रीको अहिले मासिक रु ३५ हजारभन्दा बढी खर्च हुने गरेको जनाइएको छ ।
काठमाडौँको स्वयम्भूस्थित एउटा घरमा कोठा भाडामा लिएर एक्लै बस्दै आउनुभएका खत्रीको श्रीमती र दुई छोरा छन् । कान्छा सुदीप नेपाली सेनामा कार्यरत छन् भने जेठा आसन गाईघाटस्थित घरखेती सम्हाल्दै आएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij