Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

कमलपोखरी विवाद

कमलपोखरी विवाद

  • काठमाडौं । कमलपोखरीको पुरातात्त्विक महत्त्वलाई मासेर पुनर्निर्माण गरिएको भन्दै शुक्रबार स्थानीयले विरोध जनाएका हुन् । कमलपोखरीको पुनर्निर्माणमा ढिलाइ भएको तथा यसको महत्त्वलाई नै मास्नेगरी ढुंगा, कंक्रिटको प्रयोग गरी निमाण गरिएका कारण विरोधमा उत्रिनु परेको स्थानीयले बताएका छन् । पहिले देखाइएको डिजाइनभन्दा फरक किसिमले निर्माण भइरहेको र सम्पदा माथि नै अतिक्रमण गरिएको स्थानीयको भनाइ छ ।

    images
    images
    images

    ठेकेदार कम्पनीले आवश्यकताभन्दा कम जनशक्ति राखेर काम गरेकाले काममा ढिलाइ भइरहेको वडा सदस्य राजकुमार श्रेष्ठले बताए । कमलपोखरीको स्रोत नै सुकेर जाने तथा पहिलेको कमलपोखरीको अवस्था नरहने चिन्ताका कारण स्थानीयले विरोध गरिरहेको उनको भनाइ छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij