
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । कोशीमा नयाँ सरकार गठनविरुद्ध दायर भएको रिटको सुनुवाइको पेशी आज तोकिएको छ ।
कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनविरुद्ध बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।
रिट निवेदनमा कार्कीले अन्तरिम आदेशमार्फत् प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरिएको छ । उनले नयाँ सरकार गठन असंवैधानिक भएको दाबी गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij