
Apr 22 2025 | २०८२, वैशाख ९ गते
म्याग्दी । सत्तरी वर्षअघि फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलो पटक पाइला टेकेर इतिहास बनाए ।
सन् १९५० को जुन ३ मा हर्गोजले आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो पटक सफल आरोहण गरेर कीर्तिमान बनाएपछि फ्रान्सले तीन दिन राष्ट्रिय उत्सव मनाएको थियो । हर्गोजको अन्नपूर्ण आरोहणले नेपालको पर्वतारोहणको सम्भावना अन्तर्राष्ट्रियकरण भयो ।
म्याग्दीको अन्नपूर्ण–४ स्थित अन्नपूर्ण नर्थ ९उत्तरी० आधार शिविरबाट आरोहण शुरु गरेका थिए हर्गोजले । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्ला समेटेको अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको भूगोलमा पर्छ ।
विश्वमा हिमाल आरोहणको इतिहाससँग जोडिएको म्याग्दीको अन्नपूर्ण आधार शिविर अझै गुममान छ । यसै हिमाललाई समेटेर २१ दिन लामो अन्नपूर्ण पदयात्रा दशकौँदेखि सञ्चालन हुँदै आएको छ । तर यस आधार शिविरमा बल्ल पर्यटक फाट्टफुट्ट जान थालेका छन् ।
टे«किङ एजेन्सिज एशोसीयसन ९टान० का गण्डकी प्रदेश अध्यक्ष शुशिल पौडेल खोज अनुसन्धान, पुर्वाधार र प्रचारप्रसारको कमीले ऐतिहासिक नर्थ अन्नपूर्ण आधार शिविर ओझेलमा परेको बताउनुहुन्छ । अन्नपूर्ण प्रथम आरोहण भएको तीन वर्षपछि सगरमाथामा मानव पाइला परेकाले यसलाई जेठो हिमाल पनि भनिन्छ ।
“सत्तरी वर्षअघि हर्गोजले इतिहास रचेको त्यो ठाउँ अहिलेसम्म पहिचान हुन सकेको रहेनछ”, हालै आधार शिविर पुगेर फर्किएका पौडेलले भन्नुभयो, “पोष्ट कोभिडपछिको पर्यटनका लागि नर्थ अन्नपूर्ण बेसक्याममा क्याम्पिङ टे«क गर्ने पर्यटक भित्र्याउन लागेका छाँै ।”
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij