Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना, एक बालकको मृत्यु

चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना, एक बालकको मृत्यु

  • काठमाडौं । मोटरसाइकलको ठक्करबाट चन्द्रागिरिमा एक बालकको ज्यान गएको छ ।

    images
    images
    images

    मोटरसाइकलको ठक्करबाट घाइते भएका तारकेश्वर नगरपालिका वडा नं ३ का १२ वर्षीय अमृत देवकोटाको उपचारको क्रममा निधन भएको हो । उनको ओम समाज अस्पतालमा उपचार भइरहेको र शुक्रवार (आज) मृत्यु भएको प्रहरीले जनाएको छ ।

    थानकोटबाट कलंकी जाँदै गरेको प्रदेश नं ३-०२-००९ प ८४४८ नम्बरको मोटरसाइकलले उनलाई चन्द्रागिरि-५ स्थित दाउरा डिपो नजिकै ठक्कर दिएको थियो ।

    उनको उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तले कलंकी नागढुंगा सडकखण्ड अवरोध गरेका थिए ।

    दुर्घटनाका क्रममा मोटरसाइकलमा सवार २३ वर्षीय सुन्दर सदा शंकर र २३ वर्षीय सुदिप बस्नेत समेत गम्भीर घाइते भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij