Logo

Jul 14 2025 | २०८२, असार ३० गते

Jul 14 2025 | २०८२, असार ३० गते

नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध छ ः मन्त्री श्रेष्ठ

नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध छ ः मन्त्री श्रेष्ठ

  • काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले हरेक नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।सिरहाको सुखीपुर नगरपालिका–४ मा आयोजित शीतलहर र चिसोबाट प्रभावितका लागि न्यानो कपडा वितरण कार्यक्रममा उहाँले शीतलहर र चिसोका कारण अनाहकमा कसैले पनि ज्यान गुमाउन नपोस् भनेर सरकारले समयमै विपद् व्यवस्थापनको तयारी गरेको बताउनुभयो । 

    images
    images
    images

     “विगतका वर्षमा चिसो र शीतलहरका बेला अनाहकमा धेरैले ज्यान गुमाउनुपर्ने अवस्था थियो”, मन्त्री श्रेष्ठले भन्नुभयो, “अब यस्तो अवस्था आउन नदिन सरकार गम्भीर छ र हरेक नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध छ ।” हरेक वर्ष चिसो मौमसका बेला बालबालिका र ज्येष्ठ नागरिक अत्यधिक समस्यामा पर्ने गरेकाले सोहीअनुसारको पूर्वतयारी गरिएको उहाँको भनाइ छ । 

    images

     मन्त्री श्रेष्ठले चिसोका बेला खासगरी विपन्न, दलित र गरीब परिवार बाढीपीडित हुने गरेकाले समयमै विवरण सङ्कलन गरेर न्यायो कपडा र राहतको व्यवस्थापन गर्न स्थानीय सरकारसँग आग्रह गर्दै नागरिकको सुरक्षा गर्ने कार्यमा सरकारले कुनै कमजोरी हुन नदिने बताउनुभयो । सिरहा जिल्लाको सडक सञ्जाल बिस्तार, अस्पताल निर्माण, दलितका लागि सामुदायिक भवन र आवास कार्यक्रमलाई सरकारले तीव्ररुपमा अगाडि बढाउने उल्लेख गर्दै उहाँले यस्ता कार्यले जिल्लाको विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।सो अवसरमा लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले नागरिकको सुरक्षा गर्नु सरकारको कर्तव्य भएकाले तीनै तहका सरकारले समन्वय गरी विपद्बाट नागरिकलाई जोगाउनुपर्ने बताउनुभयो । सो अवसरमा मन्त्री श्रेष्ठले ज्येष्ठ नागरिक, आपाङ्ग, विपन्न परिवारका २०० जनालाई न्यानो सिरक वितरण गर्नुभयो ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij