Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

एन्फाको आयोजनामा माघ ७ गतेदेखि राष्ट्रिय महिला लिग सञ्चालन हुने

एन्फाको आयोजनामा माघ ७ गतेदेखि राष्ट्रिय महिला लिग सञ्चालन हुने

  • काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा माघ ७ गतेदेखि राष्ट्रिय महिला लिग सञ्चालन हुने भएको छ । फुटबललाई थप क्रियाशील बनाउने उद्देश्यले फागुन ७ गतेसम्म खेल हुने गरी लिग सञ्चालन गर्न लागिएको एन्फाले जनाएको छ ।

    images
    images
    images

    कुल ७ टिम सम्मिलित लिगको पहिलो र अन्तिम खेल दशरथ रंगशालामा हुने छ भने अन्य खेलहरु सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ ।

    अनुसार हरेक टिममा २३ खेलाडी र अफिसियलसहित जम्मा ३० जना रहनेछन् भने हरेक टोलीले चरा जना विदेशी खेलाडी समेत आफ्नो टिममा राख्न र खेलाउन सक्नेछ ।

    प्रतियोगितामा प्रथम हुने टोलीले १५ लाख नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र पाउने छ भने दोसा्रे हुनेले ८ लाख, तेस्रो र चौथो हुनेले क्रमशः ५ र ३ लाख पुरस्कार पाउनेछ ।

    यस्तै प्रतियोगितको सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर, हरेक विधाका उत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार दिइने पनि एन्फाले जनाएको छ ।

    प्रतियोगितका लागि खान–बस्न लगायतका आवश्यक प्रवन्ध एन्फाले नै गर्नेछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij