Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

मजदूरलाई घाटाको भागीदार बनाउँछन् ठेकेदार

मजदूरलाई घाटाको भागीदार बनाउँछन् ठेकेदार

  • म्याग्दी । भारतीय ठेकेदार जयप्रकाश एशोसियट्सले पाँच महिनादेखि ज्याला नदिएपछि रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका मजदूरले दुई दिन काम रोके ।  जिल्ला प्रशासन कार्यालय र आयोजनाको प्रवद्र्धक रघुगङ्गा हाइड्रो लिमिटेडका अधिकारीको रोहवरमा ठेकेदार र मजदूर प्रतिनिधिबीच रोकिएको ज्याला, परिचयपत्र र सुरक्षाका सामग्री दिने सहमति भएपछि गत बुधबार र बिहीबार आन्दोलनमा उत्रिएका पाँच सय  मजदूर र कर्मचारी काममा फर्किए । 

    images
    images
    images

    मालिका–६ दरवाङको छ्यारछ्यरेमा बहुउद्देश्यीय सभाकक्ष निर्माणमा आफू र मातहतका मजदूरको ज्याला उठाउन सहायक ठेकेदार छिरी शेर्पाले मुख्य ठेकेदार जयलक्ष्मी कन्स्ट्रक्सनविरुद्ध प्रशासन र प्रहरी कार्यालयमा गएर मौखिक उजूरी दिनुभयो । ‘‘१३ लाख रुपैयाँभन्दा बढी भुक्तानी पाउनुपर्नेमा छ लाख ४७ हजार रुपैयाँ मात्र दिइएको छ’’, उहाँले भन्नुभयो, ‘‘ठेकेदारले ज्याला माग्दा गुण्डा लगाएर कुट्ने धम्की दिएपछि प्रशासन गुहारे पनि अझै पाइएको छैन ।’’ 

    बेनी–जोमसोम सडक आयोजनाको पहिलो प्याकेजको मुख्य ठेकेदार शर्मा–युनाइटेडले काममा लगाएका सहायक ठेकेदार र मजदूरहरू ज्याला माग्दै जिल्ला प्रशासन कार्यालय अगाडि नै धर्ना बसे । मजदूर आन्दोलनपछि प्रशासन र प्रहरीका पहलमा ठेकेदारले किस्ता–किस्ता गरेर रु एक करोडभन्दा बढी भुक्तानी दिएका थिए । राहुघाट, दरवाङको सभाकक्ष र बेनी–जोमसोम सडकका मजदूरहरु ठेकेदारबाट पीडित हुने र शोषणमा परेका मजदूरका प्रतिनिधि पात्र हुन् । दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका मजदूरहरु समयमा ज्याला नपाउँदा बिचल्लीमा परेका छन् । उनीहरु दोहोरो शोषणमा परेका छन् । 

    ‘‘हरेक अङ्ग्रेजी महिनाको पहिलो साता ज्याला दिने सहमतिमा काम गरिएको हो,’’ राहुघाटमा कार्यरत कञ्चनपुरका रामबहादुर बोहराले भन्नुभयो, ‘‘ज्याला कुर्दाकुर्दै महिनौँ बित्यो तर दिने वास्तै नगर्दा घरव्यवहार चलाउन ऋण खोज्नुपरेको छ ।’’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij