
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज नेप्सेमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ७ दशमलव ३१ अंकले घटेर १९९८ दशमलव ९६ को विन्दुमा पुगेको छ ।
बिहीबार ३०८ कम्पनीको ६४ हजार १ सय ८१ पटकको कारोबारमा ९४ लाख ९८ हजार २ सय ९८ कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम ४ अर्ब १३ करोड ३३ लाख ६२ हजार ७ सय २६ रुपैयाँ रहेको छ ।
त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ४८ अंकले घटेर ३५६ दशमलव ०५ को विन्दुमा पुगेको छ ।
बिहीबार सबैभन्दा बढी कारोबार फाइनान्स कम्पनीहरूको भएको छ भने सबैभन्दा कम कारोबार हुने समूहमा कर्पोरेट डिभेन्चर रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij