
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । प्रहरी उपरीक्षक (एसपी) अर्जुन तिम्सिनाले जिल्ला प्रहरी कार्यालय सिन्धुलीको जिम्मेवारी पाएका छन् । एसपी विनोद शर्मा हेडक्वाटर तानिएपछि उनलाई पठाइन लागिएको हो ।
शर्माले जिम्मेवारी सम्हालेको २ महिनामै उनको जिम्मेवारी खोसिएको थियो । निमित्त आईजी टेकप्रसाद राईका अनुसार अब एसपी तिम्सिनालाई सिन्धुलीको प्रहरी प्रमुखको रूपमा पठाइएको हो ।
एसपी तिम्सिना प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर फ्रान्सबाट फर्केपछि सिन्धुली जाने बताइएको छ । उनी प्रहरीको कर्मचारी प्रशासनमा कार्यरत थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij