Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आर्मी र गण्डकी भिड्दै

प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आर्मी र गण्डकी भिड्दै

  • काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको उद्घाटन खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश भिड्दै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर आर्मीले ब्याटिङ गर्ने निर्णय गरेको हो । आर्मीले केहीबेर अघिसम्म २३ ओभरमा तीन विकेट गुमाउँदै ९६ रन बनाएको छ । आर्मीका लागि प्रारम्भिक ब्याट्सम्यान राजु रिजालले ७१ बलमा ४५ रन बनाउनुभयो । यस क्रममा उहाँले एक छक्का र चार चौका प्रहार गर्नुभयो । 

    images
    images
    images

    यस्तै हरिकृष्ण झा १४ रन बनाएर पवेलियन फर्किनुभयो । उहाँले ४८ बल खेल्दै एक चौका हान्नुभयो । यसैगरी रोहित पौडेलले १० रन मात्र बनाउनुभयो । अहिले कप्तान विनोद भण्डारी र भीम सार्कीले ब्याटिङ गरिरहनुभएको छ ।यस्तै बलिङतर्फ गण्डकीका लागि यही माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोलीको सहभागिता रहेको छ । सहभागी १० वटै टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश, प्रदेश नं १ र कर्णाली प्रदेश तथा समूह बी मा नेपाल पुलिस क्लब, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नं २ र सुदूरपश्चिम प्रदेश छन् । 

    दुवै समूहको शीर्ष दुई दुई टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन् । फाइनल खेल माघ १७ गते त्रिवि खेल मैदानमा हुनेछ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आर्थिक सहयोगमा क्यानले प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो । यसअघि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङको लमहीमा सम्पन्न भइसकेको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij