Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

कटुवा पेस्तोलसहित ३ जना पक्राउ

कटुवा पेस्तोलसहित ३ जना पक्राउ

  • काठमाडौं । जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१३ लोनियनपुरूवाबाट कटुवा पेस्तोल १, पेस्तोलको गोली १ र मोबाइल ३ थानसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
     
    पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका–२३ बस्ने सदराम बागवान, साकिर अली बागवान र सोही उपमहानगरपालिका–१४ बस्ने हुसेन बागवान रहेका छन् ।
     
    जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले भे६प ४९०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई पेस्तोलसहित फेला पारी पक्राउ गरेको छ ।
     
    पेस्तोल सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij