Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपालगन्जको धम्बोजीबाट अनलाइन जुवा खेलाइरहेको अवस्थामा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ ।उनीहरुको साथबाट ठुलो सङ्ख्यामा ल्यापटप र मोबाइल समेत बरामद भएको प्रहरीले जनाएको छ ।
आईपिएल क्रिकेटको हारजितलाई लिएर अनलाइनबाट सट्टेबाजीमा संलग्न समूह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । धम्बोजीस्थित अयुव हल्वाईको घर भाडामा लिएर जुवा खेलाइरहेको उक्त समूहलाई पक्राऊ गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।
अनलाइन जुवा खेलाउन उक्त फ्ल्याट भाडामा लिइएको थियो । जुवामा प्रयोग गरिएका १८ थान ल्यापटप र ५६ थान विभिन्न कम्पनीका स्मार्ट फोन बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बर्दियाको गुलेरियाका बिराज पौडेल, सोही ठाउँका सास्वन पाठक, बाँके खजुराका ईश्वर राणा, सोही ठाउँका टोपबहादुर थापा, मोरङ मिक्लाजुङका ईसाक लिम्बु, सोही ठाउँका सुदेश राई, रोसन दनुवार, खोटाङ अईसेलुखर्कका प्रविण राई र ईलामका पर्शुराम दर्जी छन् ।
यस्तै सिरहाका राकेशकुमार यादव, वीरगंज महानगरका सुरेन्द्र चौधरी, उदयपुर चाङडिगडीका भास्कर मगर, रुकुम पश्चिमको आठबिसकोटका दिपेन्द्र केसी, गोरखा अजुरकोटका रुपक कोईराला र पर्वत त्रिवेणीका सुन्दर राणा पक्राउ परेको डिएसपी डाँगीले जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij