
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । यूएसडीटी (क्रिप्टो करेन्सी) मार्फत गैरकानुनी कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ परेका छन् । नेपालगन्ज-२० का अमृतकुमार बर्मा र जानकी गाउँपालिका-१ बस्ने रियाज खालाई जिल्ला प्रहरी कार्यालय बाँकेले प्रक्राउ गरेको हो ।
उनीहरुले दैनिक करिब १ करोडसम्म अवैध कारोबार गरेको पाइकएको बाँके प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताए । उनका अनुसार बर्मा र खाले बिनान्स र बिटगेटमार्फत अवैध कारोबार गरेका थिए ।
पक्राउ परेका दुवै जनालाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ बमोजिम कसुर गरेको देखिएकोले कारबाहीका लागि प्रहरीले प्रक्रिया अगाडि बढाएको छ । उनीहरुमाथि प्रहरीले बाँके जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij