
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले रेकर्ड कायम गरेको छ । मंगलबार सुनको मूल्य तोलामा १७ सय रूपैयाँले वृद्धि भएर रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ३९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५ सय ५० रूपैयाँ कायम भएको छ ।
यस्तै, मंगलबार चाँदीको मूल्य ३५ रूपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij