Logo

Jul 26 2025 | २०८२, साउन १० गते

Jul 26 2025 | २०८२, साउन १० गते

विद्या भण्डारीको पक्षमा खुलेका युवा संघ लुम्बिनीका अध्यक्ष खरेल निलम्बित

विद्या भण्डारीको पक्षमा खुलेका युवा संघ लुम्बिनीका अध्यक्ष खरेल निलम्बित

  • काठमाडौँ । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र पुर्वराष्ट्रपति विद्या भण्डारी समुहको विवाद अब सतहमा आउन शुरु भएको छ ।

    images
    images
    images

    भण्डारीको पक्षमा खुलेका युवा संघ लुम्बिनी अध्यक्ष खरेल निलम्बित गरेसँगै अब केन्द्रमा देखिएको ओली र भण्डारी समुहको विवाद तल्लो तहमा देखिन लागेको हो। राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष खरेललाई एक वर्षका लागि निलम्बन गरेको हो । साउन ९ गते बसेको पदाधिकारी बैठकले खरेललाई निलम्बन गर्ने निर्णय गरेको जनाएको छ ।

    images

    रुपन्देहीको देवदहका खरेललाई राष्ट्रिय युवा संघ नेपालको विधान २०४७ दशौं राष्ट्रिय महाधिवेशन, २०८२ जेठ ९-११, पोखरा, कास्कीद्वारा संशोधितको धारा ४१ तथा धारा ४२ (क) र (ख) बमोजिम संगठनका सम्पूर्ण जिम्मेवारीहरूवाट पदमुक्त गर्दै, एक वर्षका लागि संगठनबाट निलम्बन गर्ने निर्णय गरिएको महासचिव रमेश चौलागाईले जारी गरेको पत्रमा उल्लेख छ ।

    संघको पोखरामा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा स्पष्टीकरण सोधिएकोमा खरेलले गैरजिम्मेवार र अराजक जवाफ पठाएको, केन्द्रको निर्देशन अवज्ञा गर्दै प्रदेश कमिटीको सचिवालय बैठक राखेको र स्वेच्छाचारी तथा मनोमानी गतिविधि गरेको आरोप लगाइएको छ ।

    खरेलसँग सोधिएको स्पष्टीकरणमा १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमण्डलका सदस्यहरूमाथि अशिष्ट र अभद्र व्यवहार गरेको, प्रतिनिधिहरूलाई धम्काएको र सामाजिक संजालमा पार्टी नेतृत्वलाई लाञ्छना लगाउने र मानहानी गर्ने लगायतका गतिविधि गरेको आरोप लगाइएको छ ।खरेलले इमेलमार्फत तीन पेज लामो स्पष्टीकरण दिंदै आफूमाथि लगाइएको सबै आरोप अस्वीकार गरेका थिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij