Logo

Jul 26 2025 | २०८२, साउन १० गते

Jul 26 2025 | २०८२, साउन १० गते

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

  • काठमाडौं । गण्डकी प्रदेशका पूर्वप्रमुख एवं नेपाली काँग्रेसका नेता पृथ्वीमान गुरुङको निधन भएको छ ।

    images
    images
    images

    शनिबार बिहान ८ बजे भरतपुर-२६ स्थित आफ्नै निवासमा गुरुङको निधन भएको हो । नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहेका गुरुङ २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।

    images

    गुरुङ नवलपरासीको भूमि आयोगको अध्यक्ष तथा कांग्रेस विभाजन हुँदा उनी प्रजातान्त्रिक चितवन कांग्रेसको जिल्ला सभापति समेत भएका थिए ।

    विस २००६ मा कास्कीको माछापुच्छ्रे गाउँपालिका ल्वाङघलेलमा जन्मिएका ७६ वर्षीय गुरुङ लामो समयदेखि क्यान्सर रोगले ग्रसित थिए ।गुरुङका दुई छोरामध्ये जेठो छोराको निधन भइसकेको छ भने कान्छा छोरा र श्रीमती छन् ।

    गुरुङको अन्त्यष्टि आइतबार गरिने बताइएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij