
Jun 08 2025 | २०८२, जेठ २५ गते
जीबी लामा
ललितपुर । नेकपा एमालेले जिल्ला अधिवेशनको खर्च जुटाउन पार्टी प्रतिनिधिसँग शुल्क उठाउने भएको छ । जिल्ला अध्यक्ष पुरूषोत्तम आचार्यका अनुसार विभिन्न जनसंगठन र कमिटीहरूबाट छनोट भएर आउने प्रतिनिधिसँग एक हजार लिइनेछ । आचार्यका अनुसार जिल्लाको कमिटीहरूसँग समेत शुल्क उठाईन्छ । नेकपा एमाले ललितपुरको नवौ अधिवेशन यही चैत्र २३ गतेदेखि २५ गतेसम्म हुने तालिका सार्वजनिक भएको छ । अधिवेशनको शुभारम्भ पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताइएको छ । अधिवेशनमा करिव ५ सय जना प्रतिनिधि सदस्यले नयाँ नेतृत्वको लागि मतदान गर्दैछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij