Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

आमाको हत्या आरोपमा छोरा पक्राउ

आमाको हत्या आरोपमा छोरा पक्राउ

  • काठमाडौं । मकवानपुरको थाहानगरमा आफ्नै आमाको हत्या आरोपमा छोरा पक्राउ परेका छन् । थाहा नगरपालिका-१० तल्लो बिसिङखेल बस्ने २६ वर्षका मिलन गमाललाई आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले दिएको जानकारी अनुसार उनलाई इलाका प्रहरी कार्यालय पालुङको टोलीले आइतबार राति पक्राउ गरेको हो ।

    आफ्नै घरमा मृत भेटिएकी ज्ञानीमाया गमालको हत्या छोरा मिलनलेनै गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । ३० फागुनमा ज्ञानीमाया आफ्नै घरको खाटमा सुति रहेको अबस्थामा मृत भेटिएकी थिइन् । 

    घटनाको बारेमा अनुसन्धान गर्ने क्रममा घरायसी विवादका क्रममा मिलनले आमाको हत्या गरी फरार भएको पाइएको थियो । पक्राउ परेका मिलन माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij