Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

तस्करमाथि हवाई फायर

तस्करमाथि हवाई फायर

  • काठमाडौं । सिन्धुलीमा प्रहरीले हवाई फायर गरेर गाँजा तस्करी नियन्त्रणमा लिएको छ । हरिहरपुरगढी गाउँपालिका-७ भुताहा शिरमा प्रहरीले पाँच राउण्ड हवाई फायर गरेर चार बोरा गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी निरीक्षक केशव कटवालका अनुसार  हरिहरपुरगढी गाउँपालिका-७ का २४ वर्षीय बिच बहादुर वाइबालाई गाँजासहित पक्राउ गरिएको हो । 

    उक्त कार्यमा संलग्न अन्य चार जना भने फरार भएका छन् । अन्यको खोजी कार्य भइरहेको छ । ‘गाँजाको ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कपिलाकोट र प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरी टोलीले गाँजा सहित नियन्त्रणमा लिने क्रममा हवाई फायर गर्नु परेको थियो,’ कटवालले भने ।

    ५ जना व्यक्तिहरूले नाम्लोमा बोकी ल्याउँदै गरेको अवस्थामा ४ बोरा ७७ केजी ८० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएका छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij