Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

मोटरसाइकल दुर्घटना हुँदा भक्तपुरमा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा भक्तपुरमा एक जनाको मृत्यु

  • काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    दुर्घटनामा परी गम्भीर घाइते भएका काभ्रेको बनेपा नगरपालिका-७ का मणिराज घिमिरेको मध्यपुर थिमि अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    सल्लाघारी जाँदै गरेको बागमती प्रदेश ०२-०३२प ३३१३ नम्बरको मोटरसाइकल शनिबार राति १२:४३ बजे सूर्यविनायक नगरपालिका-५ चुनदेवी आकासे पुल नजिक दुर्घटना भएको थियो ।

    मोटरसाइकल चालक रामेछाप मन्थली नगरपालिका-४ घर भई काभ्रेपलान्चोक जोरपाटी बस्ने ३७ वर्षीय विनोदप्रसाद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij