Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

भक्तपुरमा कुटपिट गरी श्रीमतीको हत्या

भक्तपुरमा कुटपिट गरी श्रीमतीको हत्या

  • काठमाडौं । भक्तपुरमा कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका-३ झौखेल पिपलबोट नजिकै श्रीमानले श्रीमतीमाथि कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए ।

    images
    images
    images

    सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-८ घर भएका २५ वर्षीय सन्तोष भुजेलले मादक पदार्थ सेवन गरी २१ वर्षीया श्रीमती पवित्रा राईमाथि कुटपिट गरेको आरोप छ ।

    कुटपिटपछि गम्भीर घाइते भएकी पवित्रालाई भक्तपुर अस्पताल लगिएको थियो, उपचारको क्रममा उनको मृत्यु भएको डिएसपी पाठकले बताए ।

    कुटपिट गरी हत्या गरेको आरोपमा  परेका सन्तोषलाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले अनुसन्धान गरिरहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij