Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

ह्वाट्सएपबाट १३ लाख ठगी

ह्वाट्सएपबाट १३ लाख ठगी

  • काठमाडौं । प्रहरीले सप्तरीबाट ह्वाट्सएपबाट फोन गरेर करिब १३ लाख ठगेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका-६ बस्ने २६ वर्षीय सविन मैनाली, सोही नगरपालिकाको-१० का २७ वर्षीय शुभम मैनाली र सुनसरीको धरान उपमहानगरपालिका-३ बस्ने १९ वर्षीया आशिका बराईली रहेका छन ।

    images
    images
    images

    फागुन ५ गते पाकिस्तानको नम्बर भएको ह्वाट्सएपबाट फोन गरेर सप्तरीको राजविराज नगरपालिका ७ बस्ने एकजनालाई  ‘तपाईंको छोरा मेरो कब्जामा छ, छोरा चाहिन्छ भने मैले भनेबमोजिम रकम पठाउनु र यो कसैलाई भनेमा छोरालाई मारिदिन्छुु’ भनि त्रास देखाइ विभिन्न फरक–फरक व्यक्तिको खातामा पठाउन लगाएर १२ लाख ८० हजार रुपैयाँ ठगेको प्रवक्ता महतोले बताए ।

    ठगी गर्नेहरुले ह्वाट्सएप प्रोफाइलमा प्रहरी वरिष्ठ अधिकृतको फोटोसमेत दुरुपयोग गरेको जनाएको छ । पक्राउ परेका तीनैजनाविरुद्ध ठगी शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान थालेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij