
Apr 25 2025 | २०८२, वैशाख १२ गते
काठमाडौं । भक्तपुरमा स्कुटरसहित एक जना पुरुषको शव फेला परेको छ । मध्यपुरथिमि नगरपालिका-९ राधेराधे स्थित हनुमन्ते खोलामा इलामको इलाम नगरपालिका- ३ का २६ वर्षीय छत्र थापासहित बा८६प ९७३० को स्कुटी पनि फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
थापा तीनकुनेमा बस्दै आएका थिए । उनको शव पोष्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पताल पठाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij