
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । लागुऔषध खैरो हेरोइन सहित एक भारतीय नागरिक विराटनगरमा पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले बिराटनगर जोगबनीको सीमा क्षेत्रबाट भारत उत्तरप्रदेश भर्साली शाहपुरका २१ वर्षीय मोहम्मद सलमानलाइ खैह्रो हिरोइनसहित पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षण सन्दीप बेल्वासेका अनुसार शंका लागेर शरीर जाँच्ने क्रममा सलमानको साथबाट१.१२ ग्राम खैराे हेराेइन बरामद भएको हो ।
कार्यालयमा हिरासतमा रहेका सलमानलाई प्रहरीले लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij